पूर्व प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुन्छः गगन थापा

पूर्व प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुन्छः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

बहीवार संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यस अघिको संसदमा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरुले पनि छलफलमा सहभागी बन्ने बताउनु भयो । उहाँले संसदको लाइबेरीलाई संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले संसदको लाइबेरीले सांसदको गुणस्तरलाई बढाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो संसदको लाइबेरीलाई हामीले यो संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्छ । त्यसले सांसदको गुणस्तरलाई बढाउन सकिन्छ । त्यसमा हामी काम गर्छौं । पूर्व प्रधानन्यायाधीश जबराको महाअभियोगको विषयले निरन्तरता पाउँछ भन्ने नै छ । हाम्रो आफ्नो राजनीतिक पोजिशन भएपछि सुविधा अनुसार त्यसको व्याख्या गर्न पाइएन । हाम्रो पोजिशन यसले निरन्तरता पाउँछ भन्ने नै रह्यो । जुन जुन दलले यसले निरन्तरता पाउँछ भन्ने पोजिशन राखेका छन्, त्यो दलहरुले यो संसदमा आइसकेपछि त्यो विषय अघि बढाउनैपर्छ ।’

महामन्त्री थापाले पहिलाको संसदले विचाराधीन राखेको पूर्व प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com