जनमत पार्टीले माग्यो जनप्रतिनिधिसँग कार्यप्रगति विवरण

जनमत पार्टीले माग्यो जनप्रतिनिधिसँग कार्यप्रगति विवरण

काठमाडौं । जनमत पार्टीले आफ्ना जनप्रतिनिधिसँग कार्यप्रगति विवरण मागेको छ। जनमत पार्टीबाट उम्मेदवार भई गत वैशाखको स्थानीय चुनावमा पालिका र वडास्तरमा जितेका प्रतिनिधिहरूसँग सोमबार पत्र पठाएर ६ महिनाको कार्यप्रगति विवरण मागेको हो।

‘जनमत पार्टीबाट तपाईं निर्वाचित भएको ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई उपलब्ध गराउन हुन अनुरोध छ,’ पार्टी अध्यक्ष सिके राउतले जनप्रतिनिधिलाई पठाएको पत्रमा उल्लेख छ।

प्रतिवेदनमा जनमत पार्टीको अवधारणा लागू गर्न के-कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याइयो, जनसरोकारका विषयहरूलाई सम्बोधन गर्न के-कस्तो पहल गरियो, जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरूसँग समन्वय कस्तो रह्यो आदि विवरण समावेश गर्न भनिएको छ।

जनमत पार्टीका वडा र पालिकाका समितिहरूलाई पनि पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यमूल्यांकन प्रतिवेदन पठाउन भनिएको छ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com