गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै रास्वपाका नेता-कार्यकर्ता उत्रिए सडकमा

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै रास्वपाका नेता-कार्यकर्ता उत्रिए सडकमा
Published on
Updated on

काठमाडौँ । बालकुमारी घटनाका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्ताले प्रदर्शन गरेका छन् । आज (शनिबार) ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा मागेको हो ।

सो पार्टीकी नेत्री एवं सांसद तोसिमा कार्कीले हरेक नागरिकको बाँच्न पाउने अधिकार हुँदाहुँदै पनि युवाले गरेको प्रदर्शनमा गोली चलाउनु दुःखद भएको बताइन् । उनले दुई युवाको हत्या घटनाको रास्वापाले घोर भर्त्सना गरेको उल्लेख गरिन् । उक्त घटनामा गृह मन्त्रालयले छानबिन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरिन् ।

प्रदर्शनमा सहभागीले ‘प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त अझै कति ?’, ‘नालायक सरकार राजीनामा दे,’ ‘मृतकलाई सहिद घोषणा गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

शुक्रबारको घटनामा दुईजना युवाको मृत्युसमेत भएको थियो । आज बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com