
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताएका छन् । गोरखाको पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति कार्यको शिलान्यास गर्दै उनले अब पुरानै गठबन्धन कायम भएकोले राजनीतिक स्थिरता र स्थायित्व कायम हुने बताए ।
सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ- प्रधानमन्त्री दाहालले भने । नेपाली काँग्रेस र अन्य पार्टीसँग सरकार विस्तारको विषयमा गम्भीर संवाद छलफल सुरु भएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले संघदेखि प्रदेश सरकार पुनर्गठन हुने र सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा गठबन्धन दलहरुसँग छलफल सुरु भएको पनि जानकारी दिए । प्रधानमन्त्री दाहालले सडक विकासको पहिलो आधारशीला भएकोले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नति गर्ने सरकारको योजना रहेको पनि बताए ।