
काठमाडौं । लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने समझदारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको बताउनुभएको हो ।
यस्तै, मधेश प्रदेशको मुख्यमन्त्रीका लागि भने जनता समाजवादी पार्टीले दाबी पेश गर्ने तयारी गरेको छ । मधेसमा पहिलो पालोमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारको नेतृत्व गर्ने सत्ता साझेदार दलहरुबीच सहमति छ ।
सोही सहमति अनुसार जसपा संसदीय दलका नेता सरोज यादवले मुख्यमन्त्रीमा दाबी पेश गर्न अन्य दलसँग छलफल अघि बढाउनुभएको छ ।