
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले दुईमहिने राजनीतिक अभियान चलाउने भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको बैठकले दुईमहिने राजनीतिक अभियान चलाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । उहाँले आउँदो २६ गतेदेखि नै फिल्डमा जाने जानकारी दिनुभयो ।
यस्तै, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेताहरूसित मात्र नभई कार्यकर्ता, जनस्तरबाट समेत राजनीतिक सुझाव सङ्कलन गरिने बताउनुभयो ।