सरकारले पूर्णता पाउने विषय आजै टुंगीने

सरकारले पूर्णता पाउने विषय आजै टुंगीने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाउने विषय आजै (सोमबार) टुंगो लाग्ने बताएका छन्। प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोट बैठकपछि बाहिरिँदै गर्दा उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय आजै टुंगिने बताएका हुन्।

उनले सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मंगलबार बैठकमा बस्न पनि बताए। सरकारले पूर्णता पाउने विषय कहिले टुंगोमा लाग्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजै टुंगो लाग्छ। भोलि सबै विश्वासको मत दिने पार्टीहरू र नेताहरूको बैठक छ।’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सोमबार बिहानदेखि दिउँसो झण्डै पौने ३ बजेसम्म छलफल भएको थियो। उनीहरुबीच सरकार गठन एवं सञ्चालन लगायत समसामयिक विषयमा यसअघि पनि छुट्टा(छुट्टै छलफल हुँदै आइरहेको छ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दल तथा स्वतन्त्र सांसदहरूले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com