शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता जारी

शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता जारी

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले असन्तुष्टी चर्किएको बेला शीर्ष तीन दलका नेताबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताको विषय भने गोप्य राखिएको छ । भेटवार्ता अहिले जारी रहेको छ ।

मंगलबार बिहान देउवा र ओली नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com