गठबन्धनको बैठक बिना निस्कर्ष सकियो, भोलि फेरि बस्ने

गठबन्धनको बैठक बिना निस्कर्ष सकियो, भोलि फेरि बस्ने
Published on
Updated on

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना नै सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आईतवार बैठक बसेर टुंगो लगाउने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताउनु भयो । उहाँले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ । बैठक भोलि फेरि बस्नेछ । भोलि हामीले निर्णय सुनाउनेछौँ । आज धेरै विषयमा गम्भीर रुपले छलफल भयो । छलफल सकारात्मक रुपले अघि बढेको छ । अहिलेको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेका छौँ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको छ । प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण हो । मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दिशातर्फ एकजुट भएर अघि बढ्ने बारेमा छलफल भएको छ ।’

मन्त्री कार्कीले जनताको आकांक्षालाई गठबन्धनको सरकार बनाएर तिब्र गतिले अघि बढाएर लैजाने बताउनु भयो ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार साँझ ५ बजेसम्मको समय दिनुभएको छ । जसकारण पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीचको छलफल तिब्र बनेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com