संघीयताको जननी नै माओवादी केन्द्र : मन्त्री साह

संघीयताको जननी नै माओवादी केन्द्र : मन्त्री साह

जनकपुरधाम, २२ भदौ

प्रदेश २ का आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले संघीयताको जननी नेकपा (माओवादी केन्द्र) भएको दाबी गरेका छन् ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका- १३ मा आयोजित कार्यक्रममा उनले भने, ‘संघीयताको जननी माओवादी केन्द्र हो । हाम्रो पार्टीले जनयुद्धमा नै संघीयताको अभ्यास गरिसकेको छ । संघीयता धरापमा पर्न दिनेछैनौँ, मजबुत पार्छौं ।’

जनयुद्धमा नै संघीयताको अभ्यास गरिसकेकाले संघीयताको जननी माओवादी केन्द्र रहेको उनको भनाइ थियो ।

संघीयताविरोधी र प्रतिगमनकारी शक्तिका विरुद्ध लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए । संघीयताविरोधी र प्रतिगमनकारी शक्ति अझै सलबलाइरहेको उल्लेख गर्दै मन्त्री साहले भने, ‘संघीयताविरोधी शक्तिहरूलाई सशक्त रूपमा प्रतिकार गर्नु अहिले आवश्यकता हो ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com