छैंटौ पटक म्याद थपेर बनाइँदै बहुप्रतिक्षित कन्काइ पुल

छैंटौ पटक म्याद थपेर बनाइँदै बहुप्रतिक्षित कन्काइ पुल

झापा । बाह्र बर्ष वितिसक्दा समेत बन्न नसकेको झापाको बहुप्रतिक्षित कन्काई नदिको पुल निर्माण थालिएको छ । २०६८ सालमा ३४ करोडमा ठेक्का लागेको पुल छैटौं पटक म्याद थप गरेर यस बर्ष ठेकेदार कम्पनी महादेव खिम्तीले मुख्य संचरनाको काम सक्ने गरी निर्माण थालेको हो ।

झापाको कन्काई नदिमा चार बर्षमा सक्ने भनेर थालिएको पुल बाह्र बर्ष बितिसक्दासम्म पनि निर्माण हुन सकेको छैन । काम नै नसकी पुल निर्माणका सामानहरु नष्ट भएर अलपत्र रहेको पुल हालै आएर बन्न थालेपछि अब भने पुल बन्लाकी भन्ने आशा पलाएको स्थानीयले बताएका छन् ।

सात सय २४ मिटर लम्बाईको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नुपर्ने हो । तर लामो समय अलपत्र परेको पुल निर्माणको कामले यस बर्षदेखि केही तिव्रता पाएको छ । यस बर्ष मुख्य संरचनाको काम बर्षात अगावै सक्ने गरी काम भइरहेको ठेकेदार कम्पनिका इन्जिनियर सरोजकुमार यादव बताउनुहुन्छ ।

झापा खण्डमा पर्ने ४८ किलो मिटर हुलाकी सडक पुलको एप्रोच खण्डबाहेक निर्माण सम्पन्न भइसकेको छ । तर पुल नबनेकाले दुईतर्फ खोला तथा नदिले घेरेको गाउँपालिका पर्दा पैसा तिर्नुपर्ने बाध्यता रहेको गौरीगंज गाउँपालिका वडा नं. १ का सदस्य राजभक्त सुनुवारले बताउनु भयो ।

निर्माण कम्पनिले बेलैमा पुल बनाउने काममा खासै चासो दिन सकेको छैन । सडक बने पनि पुल नबनेकाले बर्षौं देखि ज्यान जोखिममा बर्षातमा डुङ्गा र हिउँदमा बाँसको पुलमा पैसा खर्चेर हिड्नु पर्ने बाध्यता हट्न नसकेको स्थानीय बासिन्दाले दुखेसो पोखेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com