बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै गराइने

बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै गराइने

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रीहरुको टुंगो लगाएको छ। प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

जसअनुसार नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने निर्णय भएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसक्नुभएको छ ।

यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएको छ भने संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री बनिसक्नुभएको छ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री, राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने निर्णय भएको छ।

उहाँले यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको थियो।नवनियुक्त मन्त्रीहरूको सपथ आजै दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com