माघ १० गते राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने

माघ १० गते राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने

काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । प्रतिष्ठानका अनुसार माघ १० गते सम्मेलन हुनेछ ।

सम्मेलनमा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्क जस्ता विषयमा छलफल हुनेछ । कार्यक्रमले प्राज्ञिक क्षेत्र सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने विश्वास प्रतिष्ठानले गरेको छ ।

देशमा अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउन र उनीहरुको भुमिका बिस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन सम्मेलन आवश्यक रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राविधिक अधिकृत डा. ईश्वर बज्राचार्यले बताउनु भयो ।

उहाँले सम्मेलनमा नवप्रवर्तनको क्षेत्रमा क्रियाशील प्रतिभा दर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने बताउनु भयो । उहाँले प्रदर्शनका क्रममा प्यानल छलफल, विज्ञ प्रश्तुती र प्रदर्शनीहरु रहने र सात प्रदेशबाट नै सहभागी हुने बताउनु भयो । 

त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका विषय प्राविधिक डा. रविन्द्रप्रसाद ढकालले यस्ता सम्मेलनले नवप्रवतकहरुलाई आफ्नो काममा सुधार गर्नका लागि सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो । उहाँले यस किसिमका सम्मेलनले नेपाललाई कस्ता फाइदाहरु हुन्छन् भन्नेकुराको पनि ध्यान दिनुपर्ने आवश्यक्रा रहको बताउनु भयो ।

उहाँले सम्मेलनले अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउन र उनीहरुको भुमिका बिस्तार गर्नलाई सहयोग गर्ने बताउनु भयो । 

सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रलाई उक ठाउँमा ल्याउने उद्देश्य राखेको आयोजकले बताएको छ ।

देशमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासलाई सही दिशा प्रदान गर्ने उद्देश्यले शुरु गर्ने सम्मेलनमा सबै प्रदेशबाट २० वटा नवप्रवर्तनको प्रदर्शनी रहने आयोजकले जनाएको छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नुहुनेछ । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com