राष्ट्रपतिका लागि आफ्नै उम्मेदवारमा राष्ट्रिय सहमती हुनुपर्ने काँग्रेसको अडान

राष्ट्रपतिका लागि आफ्नै उम्मेदवारमा राष्ट्रिय सहमती हुनुपर्ने काँग्रेसको अडान
Roshan

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रपतिका लागि आफ्नै उम्मेदवारमा राष्ट्रिय सहमती हुनुपर्ने अडान लिएको छ ।

राष्ट्रपति निर्वाचनलालई लिएर सत्तारुढ गठबन्धनमा समेत खलबल भइरहेका बेला नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दावी गर्नुभएको छ ।

नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको तर्कसमेत गर्नुभयो ।

सुनसरीमा आयोजित एक कार्यक्रममा कार्कीले राष्ट्रपति जस्तो सम्मानित संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नुपर्ने बताउनुभयो । र, त्यस्तो व्यक्ति काँग्रेसमा मात्रे रहेको उहाँको दाबी छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com