
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकार हालको सत्ता गठबन्धनले बनाउने बताउनुभएको छ ।
आज बिहीबार संसदको सपथ ग्रहणपछि संसद भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताउनुभएको हो ।
‘सबै प्रकृया सहज ढंगले अघि बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, सफलतापूवर्क र सहजै सम्पन्न भयो’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भन्नुभयो, ‘आज शपथ ग्रहण पनि राम्रोसँग र बडो उत्साहका साथ सम्पन्न भयो ।’
यस्तै उहाँले अबको सरकार पनि गठबन्धनले सहजै बनाउनै भन्दै निर्वाचन सम्पन्न भएजसरी नै सरकार बन्ने बताउनुभयो ।