प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै
Nimesh

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ ।

मंगलबार बिहान ११ बजे बस्ने भनिएकाे बैठक संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेकाे लागि सारिएको उल्लेख गरिएकाे छ । मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदै हुनुहुन्छ ।

नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान गरिएकाे छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठक समेत बस्न सकेको छैन ।

कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्नेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com