वर्षमानलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

वर्षमानलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन्। मन्त्रिपरिषद् विस्तारलगत्तै प्रधानमन्त्री प्रचण्ड ललितपुरस्थित सुमेरु अस्पताल पुगेर पूर्वअर्थमन्त्रीसमेत रहेका पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्। पुनलाई पुरानै समस्या देखिएको छ। उनी जन्डिस रोगबाट पीडित छन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com