काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सार्वजनिक भवन पनि सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटहरू बुधबारदेखि सार्वजनिक भवनमा गर्न थालेका हुन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठका अनुसार इन्टेरियरसहित सबै काम सकिएको छ ।
सार्वजनिक भवनमा प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान प्रदेश प्रमुखहरूसँग भेटघाट गरेका थिए भने अपराह्न सत्तारुढ १० दलका शीर्ष नेताहरूको बैठक राखेका छन् ।