रजिष्ट्रार कार्यालयले भन्यो-एनसेलको सेयर अद्यावधिक भएको छैन

रजिष्ट्रार कार्यालयले भन्यो-एनसेलको सेयर अद्यावधिक भएको छैन

काठमाडौँ । कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दीपककुमार पहाडीले एनसेलको सेयर अद्यावधिक नभएको बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिको बैठकमा उनले एनसेलको सेयर अहिलेसम्म अद्यावधिक नभएको बताएका हुन् ।

आजियाटाले टेलिया सनेराबाट रेनोल्ड्स होल्डिङ किनेको थियो । उनले विदेशी लगानीकर्ताले विधि पुर्‍याएपछि रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न आउने बताए । एनसेल विसं २०७७ अघि प्राइभेट कम्पनी थियो । सार्वजनिक बनाउन उनीहरूले ११ सेयर ६ जनालाई थपेर सार्वजनिक कम्पनी बनेको उनको भनाइ छ ।

टेलिया सनेराले आफ्नो सेयर अफशोर मै बिक्री गरेको उनले बताए । अहिले आजियाटा मालिक भए पनि सेयर रेनोल्ड्सको नै भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

आजियाटाले होल्डिङ नै बिक्री गरेकाले सेयर अद्यावधिक नभएको उनले बताए । थपिएका सेयर होल्डरहरु लेना केशरी कंशाकार, कवीन मुर, समीर गौतम, कञ्चन सिंह कार्की, ज्योति दाहाल, उमा महर्जन हुन् ।

११ कित्ता सेयर थपेर सार्वजनिक कम्पनी बनेको पहाडीले स्पष्ट पारे । २० प्रतिशत नेपाली पार्टनर र ८० प्रतिशत रेन्होल्डसकै हो । रेन्होल्ड्स कम्पनी परिवर्तन नभएको उनले जानकारी दिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com