
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मुलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आईतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले आफूले बाँकि जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर निर्वाचनका बेला जनताको सामु कवुल गरेको उल्लेख गर्दै सोही अनुसार आफूले काम गर्ने बताउनुभएको हो ।
उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभई सिंगै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सो विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्नुहुँदै आफैँले प्रधानमन्त्रीको रुपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व लागेको समेत बताउनु भयो । उहाँले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको समेत बताउनु भयो ।
प्रधानमन्त्रीले मुलुकको आर्थिक विकासका लागि कनक्टिभिटीको महत्वपूर्ण भुमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको त्यसमा ठोस योगदान पु¥याउने स्पष्ट पार्नुभयो । कार्यक्रममा सो विमानस्थल निर्माणमा योगदान पु¥याउनु भएको पूर्वपर्यटनमन्त्रीहरुलाई पनि सम्मान गरिएको थियो ।