एमाले केन्द्रीय समिति बैठकमा आज ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गरिने

एमाले केन्द्रीय समिति बैठकमा आज ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गरिने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । गत २८ बैशाखदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोलि अर्थात बैशाख ३० गतेसम्म जारी रहनेछ । 

हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफनो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि अजेन्डा पेश गरेका थिए । 

केन्द्रिय प्रचार तथा प्रकाशसन बिभागका सचिव गगन बिष्टका अनुसार हिजो पेश गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ  । ‘आज गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्,’ उनले भनेका छन, ‘उक्त प्रतिवेदनमाथी समुह बिभाजन गथरी छलफल गरिने भएको छ, समुह छलफल पछि प्रदेश अध्यक्षहरुले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’

उनका अनुसार हिजो सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, अनुशाषन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कडेँल र निर्वाचन आयोगका प्रमुख बिजय सुब्बाले आ–आफनो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँचवटा प्रदेश प्रमुखले प्रतिवेदन पेश गरेका थिए । जसअनुसार सुदुरपश्चिमवाट लेखराज भट्ट, कर्णालीवाट योगेश भट्टराई, लुम्बिनीवाट छबिलाल बिश्वकर्मा, मधेसवाट रघुवीर महासेठ र कोशी प्रदेशवाट राजेन्द्र गौतमले आ आफनो प्रदेशको रिर्पोट प्रस्तुत गरेका थिए । बाँकी रहेका प्रदेश कमिटीहरुले आज आ आफनो प्रतिवेदन पेश गर्नेछन् ।  

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com