कोशी प्रदेशका तीन मन्त्रीहरुको जिम्मेवारी तोकियो

कोशी प्रदेशका तीन मन्त्रीहरुको जिम्मेवारी तोकियो

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीहरुको जिम्मेवारी तोक्नु भएको छ । कोशी प्रदेशमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री कार्कीको सिफारिसमा आइतबार कार्य विभाजन सहित जिम्मेवारी हेरफेर गर्नु भएको हो ।

मुख्यमन्त्री कार्कीले यसअघि विनिविभागीय मन्त्रीका रुपमा आउनु भएका कांग्रेसका शम्सेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीका जबेगूलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो ।

गत असोज २८ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले सोही दिन नेकपा (एमाले)बाट राम रानामगर र नेपाली कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्नुभएको थियो भने कात्तिक १७ गते मन्त्रिपरिषद् विस्तार गरी नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगूलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

गठबन्धनबाट विद्रोह गरेका नेपाली कांग्रेसका ८ र एमालेका ३९ सहित ४७ जना प्रदेशसभा सदस्य (सांसद)को समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले सरकारमा गठबन्धनलाई भित्र्याएपछि एमालेबाट मन्त्री बन्नु भएका राम रानामागरले गत कार्तिक १८ गते राजीनामा दिनु भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com