गढीमाईमा सत्तारूढ गठबन्धनका नेतालाई प्रवेश निषेध

गढीमाईमा सत्तारूढ गठबन्धनका नेतालाई प्रवेश निषेध

बारा । गत बैशाख १० गते सम्पन्न  बारा- २ मा उपनिर्वाचन क्षेत्रमा अहिलेका गठबन्धन सरकारका मन्त्री र सो दलका नेतालाई प्रबेश निषेध गरिएको छ । बारा जिल्ला क्षेत्र नं २ मा रहेको महागढीमाई नगरपालिकाले नगरपालिका क्षेत्र भित्र कुनै पनि गठबन्धनका नेता तथा मन्त्रीलाई प्रबेश निषेध गरिएको हो । 

नगरपालिकाले सो क्षेत्रमा पर्ने गढीमाई मन्दिरमा समेत पाँच दलिय गठबन्धनका नेता र मन्त्रीलाई प्रवेश निषेधित गरिएको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए । 

नेपाली काग्रेसबाट निवार्चित यादबले बुधबार सामाजिक सञ्जालमा उनले लेखेका छन्  ‘बारा जिल्ला क्षेत्र नं २ मा महागढीमाई नगरपालिका अन्तर्गत श्री गढी माई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलिय गठबन्धनका नेतागण तथा मन्त्रीज्युहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारि गराउन चाहन्छु,’ लेखेका छन्।

उनले थप लेखेका छन,‘नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृत नभएको तीन महिना बितिसक्यो । अहिले पनि अतो पत्तो छैन । यसको कारणले नगरपालिकाका सम्पूर्ण कामकाज बन्द हुनका साथै कर्मचारीलगायत स्थानियबासीहरुको जीवन कष्टकर  अवस्था छ । महागढीमाई नगरपालीकाको विकासको लागि गठबन्धननका नेता मन्त्रीज्यूहरु वाचा गरे पनि अहिलेसम्म हाकिम नपठाएर विजोगको अवस्था सृजना भएकोले आज म यो कदम उठाउन बाध्य भएको छु ।’ 

स्थानीयबासीहरुको जीवन कष्टकर हुने भएको अवस्था छ, तीन महिना बितिसक्यो तर नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारलाई पटकपटक आग्रह गर्दा समेत सुनुवाई भएन त्यसकारण गठबन्धनका नेताहरुलाई प्रवेश निशेध गरिएको हो । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com