एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो ।

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा गरिने बताइएको छ । सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने भएको छ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com