एमालेमाथि घेराबन्दी बढ्दैछ, राष्ट्रिय सोच राख्ने शक्तिलाई गोलबद्ध गर्नुपर्छ : ओली

एमालेमाथि घेराबन्दी बढ्दैछ, राष्ट्रिय सोच राख्ने शक्तिलाई गोलबद्ध गर्नुपर्छ : ओली
Published on
Updated on

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । सचिवालय बैठकमा ब्रिफिङ गर्दै उनले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए ।

ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मुलुकमा राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन् विगतदेखि नै । एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् । त्यसो भएकाले एमालेलाई बलियो बनाएर राष्ट्रिय शक्ति निर्माण गर्नमा हामी लाग्नुपर्छ ।’

उनले एमालेभन्दा बाहिर पनि राष्ट्रिय सोच राख्ने शक्तिहरूलाई क्रमशः गोलबद्ध गर्दै अगाडि बढ्नुपर्ने बताए । ओलीले थपे, ‘देशको राष्ट्रियताको रक्षा, मुलुकको समृद्धि, राजनीतिक स्थिरता र जनताको जीवनमा परिवर्तन ल्याउन सकिन्छ । राष्ट्रिय शक्ति कमजोर हुँदा यी सबै कुरा कमजोर भइरहेका छन् । एमालेमाथिको प्रहारलाई केबल एमालेमाथिको प्रहारको रूपमा मात्रै बुझ्नुहुन्न ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com