कोशीमा विषम परिस्थिति हो, अरु प्रदेश र संघीय सरकारमा कुनै असर पर्दैन : शेखर कोइराला

कोशीमा विषम परिस्थिति हो, अरु प्रदेश र संघीय सरकारमा कुनै असर पर्दैन : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कोशीका कारण अरु प्रदेश र संघीय सरकारमा कुनै असर नपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कोइरालाले कोशी प्रदेशको परिस्थिति भिन्न रहेको बताएका हुन् । लगातार १० महिनादेखि प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि आफूहरूले त्यसलाई सल्टाएको उनको दाबी छ ।

एमालेसँग मिलेर आफ्नो समूहका केदार कार्कीलाई मुख्यमन्त्री बनाएका कोइरालाले भने, ‘अहिले पनि राप्रपाले विपक्षमा भोट हाल्यो नि १ (गठबन्धन सरकार बनाएको) त्यो बेलामा पनि भोट नहालेको हालेको भए मध्यावधिमा जान्थ्यो ।’

पार्टी सभापति शेरबहादुर देउवासँग भएको छलफलका क्रममा आफूले संसदीय दलको नेता परिवर्तन गर्न सुझाव दिए पनि नेतृत्व तयार नभएको उनले बताए । त्यसपछि आफूले कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको कोइरालाले प्रस्ट पारे ।

त्यसलगतै सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेका डा. शेखरले कोशीको असर अन्यत्र नपर्ने बताए । ‘कोशीको अहिलेको परिस्थितिले केन्द्रलाई केही असर पार्दैन’ सरकारको नेतृत्व परिवर्तन गर्ने एजेण्डा थियो होइन भन्ने प्रश्नमा उनले भने, ‘कहाँबाट नेतृत्व परिवर्तन हुन्छ, हामीसँग सख्या छ ?’

उनले अघि भने, ‘कहीँ पनि केही परिवर्तन हुँदैन । कोशीको विषम परिस्थिति बुझ्नुस् ।’

कोशीमा कस्तो सरकार बन्छ त भन्ने प्रश्नमा उनले जे छ, त्यसलाई मिलाएर जाने बताए । माओवादी केन्द्रका नेताहरुले त एमाले प्रतिपक्षमा बस्नुपर्छ भनेको छ नि भन्ने प्रश्नमा काँग्रेस नेता डा. कोइरालाले भने, ‘को भित्र घुस्यो, को बाहिर निस्कियो नहेर्नुस् । दसैँपछि बिस्तारै सल्टिँदै जान्छ ।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com