एमालेद्वारा मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक

एमालेद्वारा मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक
Published on
Updated on

काठमाडौँ । नेकपा एमालेको आगामी असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ । एमाले जनकपुरधाममा आज पत्रकार सम्मेलन गरी नारा र लोगो सार्वजनिक गरेको हो ।

एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षचामा पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रूपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।

एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com