सात वटै प्रदेशमा हस्तकला उद्योगलाई बिस्तार गर्ने प्रधानकन्त्रीको भनाइ

सात वटै प्रदेशमा हस्तकला उद्योगलाई बिस्तार गर्ने  प्रधानकन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ ।

आज शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले वागमती प्रदेशले हस्तकला उद्योगकलाई प्रवद्र्धन गर्ने कामको थालनी गरिसकेको भन्दै सरकारले आगामी दिनमा सात वटै प्रदेशमा हस्तकला क्षेत्रको प्रवद्र्धन गर्ने बताउनु भयो ।

उहाँले हस्तकला क्षेत्र नेपालका लागि विकासको अग्र्यानिक क्षेत्र भएको उल्लेख गर्दै नेपालकै वस्तुहरुको प्रयोगबाट नेपालीहरुकै सीप र जाँगरलाई प्रयोग गरी विश्वभर व्यापार गर्नसकिने यो क्षेत्रको प्रवद्र्धन सरकार लाग्ने बताउनु भयो ।

उहाँले हस्तकला क्षेत्र राम्रोसँग प्रवद्र्धन गर्नसके देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउनसक्ने र विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रचण्डले आफूले यस पटक राम्रा बाहेकका काम गर्दै नगर्ने प्रण लिएको बताउनु भयो । उहाँले आफूले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रुपमा लिएको भन्दै जनताको यो अग्निपरीक्षामा राजनीतिक दलहरु पास भएर देखाउनुपर्ने बताउनु भयो ।

उहाँले विद्यालयको पाठ्यक्रममा नै हस्तकला राखेर पुस्तान्तरण गर्न सरकार लाग्ने पनि बतउनु भयो । उहाँले हस्तालालाई शिक्षा क्षेत्रमा प्रवेश गराइ पुस्ता हस्तान्तरणलाई सहज बनाउने र ११ लाख प्रत्यक्ष र परोक्ष सदस्यलाई बढाउँदै लैजाने उद्देश्यका साथ हस्तकला क्षेत्रमा बजेटको व्यवस्थापन हुने प्रतिवद्धता जनाउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com