टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौँ । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गरेको हो। रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिनु नपर्ने हो, त्यसको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ।

गत कात्तिक १७ गतेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसका विरुद्ध १४ जना कानून व्यवसायी सर्वोच्च पुगेका थिए। उनीहरूले टिकटकमा लगाएको प्रतिबन्ध हटाउन माग गरेका थिए। त्यसका लागि सरकारका नाममा अन्तरिम आदेश दिनुपर्ने जिकिर गरेका थिए।

तर, रिट निवेदकको माग बमोजिम सर्वोच्चले अन्तरिम आदेश भने दिएको छैन। यसमा कारण देखाउ आदेश जारी गरेको हो। नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी सरकारले टिकटकमा प्रतिबन्ध लगाएको भन्दै विवाद न्यायलय छिरेको थियो। नेपालविरुद्ध अनर्गल प्रचार एवं अश्लील गतिविधि भएको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com