तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौँ । दीपावली अर्थात् तिहार बिदामा पनि सर्वोच्चले अत्यावश्यक सेवा दिने भएको छ । बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार बिदामा समेत खुला रहने भएको हो ।

सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबारदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई जिम्मेवारी तोकिएको छ ।

सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

कात्तिक २९ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म इजलास रहनेछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com