नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण आज हुँदै

नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण आज हुँदै

काठमाडौं । प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण आज हुँदैछ।

संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो तय भएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सा‌ंसदलाई सपथ गराउनुहुने छ। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ।

राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयले आग्रह गरेको छ। यो पटक २६ सांसदले नेपालीबाहेक अन्य मातृभाषामा सपथ लिने सचिवालयले जनाएको छ। २६ जनाले नेपालीबाहेक अन्य १४ भाषामा सपथ लिनेछन्।

सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउनसमेत अनुरोध गरेको छ। सपथग्रहणअघि मध्याह्न १२ बजेका लागि सर्वदलीय बैठक आह्वान भएको गौतमले जानकारी दिनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com