निर्वाचन अगाडि गठबन्धन गर्ने प्रवृति असल : देवेन्द्र दाहाल

निर्वाचन अगाडि गठबन्धन गर्ने प्रवृति असल : देवेन्द्र दाहाल

काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले निर्वाचन अगाडि गठबन्धन गर्ने प्रवृति असल भएको बताउनुभएको छ ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्र्दै दाहालले गठबन्धन सफल बन्ने भन्दा पनि निर्वाचन अगाडिको गठबन्धनले नेपाली काँग्रेसलाई मात्रै फाइदा पुगेको बताउनु भयो ।

उहाँले नेपालमा बामपन्थि दलहरुको एकता नटिके पनि सहकार्य टिक्ने अवस्था देखिएको बताउनु भयो । उहाँले वर्तमान सरकार नयाँ पुराना सबै खालका राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको बताउनु भयो ।

उहाँले संसद कानून निर्माण गर्ने भएपनि कानून निर्माण प्राथमिकतामा नपरेको बताउनु भयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com