सकियो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल

सकियो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल

काठमाडौँ । आजबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिएको छ । नयाँ राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भएका छन् ।

आज राष्ट्रपति भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको हो । उनी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन् । त्यसपछि उनी दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भइन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com