
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि साँझ सकिँदै छ ।
राष्ट्रपति भण्डारीले गत आइतबार ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गर्नुभएको थियो ।
त्यो समय सीमा सकिन अब २ दिन मात्र बाँकी रहँदा सरकार गठनमा दलहरूले सहमति जुटाउन सकेका छैनन् ।
राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने छ । दलहरु आज पनि दिनभरी छलफलमा व्यस्त हुने भएका छन ।