एमालेका राम्रा कामलाई गठबन्धन सरकारले निरन्तरता नदिएको एमाले अध्यक्षको आरोप

एमालेका राम्रा कामलाई गठबन्धन सरकारले निरन्तरता नदिएको एमाले अध्यक्षको आरोप

बारा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालका गठबन्धन सरकारले एमालेले सुरु गरेको राम्रो कामलाई निरन्तरता नदिएको आरोप लगाउनु भएको छ । बारा क्षेत्र नम्बर २ को पचरौतामा बिहीवार एमालेले आयोजिना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

एमाले सरकारमा पुगेको बेला देश र जनताको पक्षमा धेरै काम गरेको तर हालको गठबन्धन सरकारले एमालेले सुरु गरेको राम्रो कामलाई निरन्तरता नदिएको बताउनु भएको हो । उहाँले एमाले सरकारको पालामा ठुला सडकका आयोजनामा बजेट काटिएको आरोप लगाउनुभयो ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जनताले एमालेका उम्मेदवारलाई विजयी बनाउनु पर्ने बताउँदै आफ्ना उम्मेदबार पुरुषोत्तम पौडेललाई मत दिन आग्रह गर्नु भयो । उहाँले एमाले जितेमा मात्रै देशको विकास हुने बताउँदै अन्य दलका उम्मेदवारले जितेमा विकास हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल,केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटव्युरो सदस्य अच्युत मैनाली,ज्वाला साहलगायतले बोल्नुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com