न्यूनतम साझा कार्यक्रमको मस्यौदा कार्यदलले बुझायो संयोजक ओलीलाई

न्यूनतम साझा कार्यक्रमको मस्यौदा कार्यदलले बुझायो संयोजक ओलीलाई

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न बनेको कार्यदलले काम सकेको छ । कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट एमालेका अध्यक्ष तथा न्यूनतम साझा कार्यक्रम निर्माणका संयोजक केपी शर्मा ओलीलाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओलीलाई ड्राफ्ट हस्तान्तरण गर्नुभएको हो । बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत पनि उपस्थित हुनुहुन्थ्यो ।

शीर्ष नेताहरुले आवश्यकताअनुसार परिमार्जन गरेपछि सार्वजनिक गरिने कार्यदलले जनाएको छ । सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदामा सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेदेखि दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा सार्वजनिक सेवामा टाइम कार्डको व्यवस्थालगायत नागरिकलाई सुविधा दिइने कुरा समेटिएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com