‘पूर्व राजासँग सहकार्य हुन सक्दैन’

‘पूर्व राजासँग सहकार्य हुन सक्दैन’
Picasa

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सहकार्य हुन नसक्ने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष ओलीले २४० वर्ष शासन चलाउँदा राजसंस्थालाई जनताले राम्रोसँग बुझेको भन्दै अलमलमा नपर्न पूर्वराजा शाहलाई आग्रह पनि गरे ।

शाहले राखेको सहकार्यको प्रस्तावको कुनै अर्थ नरहेको ओलीको भनाइ छ । “पछिल्लो १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको छ । उहाँ आफैँ अलमलमा हुनुहुन्छ । त्यस्तो प्रस्तावको कुनै अर्थ छैन,” ओलीले भने ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com