सिंहदरवारको फोहोरको विषयमा मन्त्रालयमा छलफल भएको छ : मन्त्री गुरुङ

सिंहदरवारको फोहोरको विषयमा मन्त्रालयमा छलफल भएको छ : मन्त्री गुरुङ

काठमाडौँ । सहरी विकास मन्त्री सीता गुरुङले फोहोरलाई देखाएर राजनीति गर्न नहुने बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौँको फोहोर व्यवस्थापनका लागि मन्त्रालयको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन् ।

उनले भनिन्,‘फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ । त्यो कुरामा हामी लागि परेका छौँ ।’उनले सिंहदरवारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागेको पनि बताइन् ।

उनले भनिन्,‘हामीले समन्वयकारी भूमिका निर्वाह गर्ने कुरामा कुनै पनि कन्जुस्याइँ हुँदैन । विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति सहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com