अपराधको चरित्रमा बहुआयामिक फेरबदल आएको छ, आवश्यक रणनीति बनाउनूस्ः प्रधानमत्री

अपराधको चरित्रमा बहुआयामिक फेरबदल आएको छ, आवश्यक रणनीति बनाउनूस्ः प्रधानमत्री
Ratna shrestha_KTM_RSS

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना–प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिनुभएको छ ।

सोमवार २२ औं सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतिलाई सामना गर्नका लागि आवश्यक रणनिति बनाई सोहीअनुसार परिचालित हुन शसस्त्र प्रहरीलाई निर्देशन दिनुभयो ।

उहाँले सरकारको सुशासन र समृद्धिको दीर्घकालिन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शुन्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले जनताको मन मष्तिस्क जित्नेगरी कार्यक्षेत्रमा खटिँदै देश र जनताको सेवा र सुरक्षा प्रदान गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले शसस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको अभाव रहेको भन्दै त्यसको लागि सरकारको तर्फबाट यथासम्भव पहल गर्ने पनि बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com