गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था छ : प्रदीप ज्ञवाली

गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभएको छ ।

मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने पूर्वमन्त्री समेत रहनुभएका उपमहासचिव ज्ञवालीको तर्क थियो ।

शनिवार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि सचेत गराउनु भयो ।

उपमहासचिव ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहसको माग समेत गर्नुभयो । उहाँले नभए निर्वाचन अघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा मुलुक मारमा पर्ने स्मरण गराउनु भयो ।

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर मुलुकको राजनीतिकलाई अघि बढाउनुको विकल्प नरहेको पनि पटकपटक दोहो¥याउनु भयो ।

उपमहासचिव ज्ञवालीले अहिलेको निर्वाचन प्रणाली र एलाइन्सहरु टिकाउ हुन नसक्नुको कारणबारे खोजी गर्न जरुरी रहेको बताउनु भयो । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com