प्रचण्ड फेरि प्रधानमन्त्री हुने सम्भावना छैन : ओली

प्रचण्ड फेरि प्रधानमन्त्री हुने सम्भावना छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नुभएको छ ।

फेरि एकपटक प्रधानमन्त्री हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो । एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिवार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गर्नुभयो ।

प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताउनु भयो । उहाँले अरुले पनि समयमा कदम नचाले देश फेरिपनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना समेत औंल्याउनु भयो ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहो¥याउनु भयो । उहाँले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैँ समाप्त भएको जिकिर गर्नुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com