यस्तो छ प्रधानमन्त्रीको युगाण्डा भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्रीको युगाण्डा भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन्। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

आउँदो माघ ५ र ६ गते हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ माघ ४ गते युगाण्डाको राजधानी कम्पाला जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिवसमेत रहेकी छोरी गङ्गा दाहाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि कम्पाला जानेछन्।

प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन् भने अन्य देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

शिखर सम्मेलनअघि माघ ३ र ४ गते बस्ने मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउद सहभागी हुने कार्यक्रम रहेको छ । त्यसका लागि साउद भने माघ २ गते नै युगान्डा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरू मध्य नेपाल पनि एक हो।

नेपालको परराष्ट्र नीति पनि असंलग्नताको सिद्धान्तहरूमा आधारित छ। प्रधानमन्त्री ‘प्रचण्ड’ माघ ७ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com