तीन वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

तीन वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याएका तीन वैज्ञानिकले पाउने भएका छन्।

नोबेल पुरस्कार समितिले मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा रसायन विधामा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

उनीहरूले क्वान्टम डटको खोजी र संश्लेषण गरेका थिए। क्वान्टम डट भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन्।

विजेतालाई मेडल र संयुक्त रूपमा १ करोड १० लाख स्विडिस क्रोनर दिइनेछ । तीनै जना वैज्ञानिक अमेरिकामा कार्यरत छन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com