रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ना भएका थप ३ जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिएका छन् । पछिल्लाे समय युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको हाे । उनकाे २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो ।

करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए । त्यसैगरी कैलालीका भरत शाह र धादिङका राजकुमार गिरीकाे रुस–युक्रेन युद्धमा मृत्यु भएको रुसको मस्कोस्थित नेपाली दूतावासले बताएको छ ।

थप तीनजनाको मृत्य भएसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या १० पुगेको छ । रुसी सेनामा भर्ती भएका चार नेपालीलाई युद्धका क्रममा युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com