आज पूर्व राजा शाहले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने

आज पूर्व राजा शाहले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने

विराटनगर । पूर्व राजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडस्थित इकम कलेजमा बनाइएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने भएका छन् ।

यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ । मेचीनगरस्थित होटेल मेची क्राउनबाट राप्रपाले ठूलो संख्यामा मोटरसाइकलसहित र्‍याली आयोजना गरिने जनाइएको छ ।

र्‍यालीसहित पूर्व राजा शाह मेचीनगरबाट बिर्तामोड पुगेर सालिक अनावरण गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । कार्यक्रममा सहभागी हुन पूर्व राजा शाह हिजो शुक्रबारै झापा आइपुगेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमको तयारीका सिलसिलामा साताभन्दा बढी समयदेखि गृह जिल्ला झापामा छन् ।

राप्रपा नेताहरूका अनुसार पूर्व राजा शाहले सर्वसाधारण भेट गर्ने कार्यक्रम पनि राखिएको छ । कार्यक्रममा सहभागी हुन झापाका विभिन्न क्षेत्रबाट सर्वसाधारणको सहभागिता हुने जनाइएको छ ।

५० हजारको सहभागिता रहने दाबी गरिएको कार्यक्रममा छिमेकी जिल्ला इलाम, पाँचथर, मोरङ, सुनसरीलगायत क्षेत्रबाट पनि सहभागिता हुने राप्रपाले जनाएको छ । राजतन्त्रका पक्षमा विभिन्न समूहहरूद्वारा प्रदर्शन भइरहेका बेला झापामा पूर्व राजा शाह सहभागी हुने कार्यक्रम तय भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com