आज हर्क साम्पाङ मुर्दावाद भन्छन् : मेयर राई

आज हर्क साम्पाङ मुर्दावाद भन्छन् : मेयर राई

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको गुनासो गरेका छन् ।

पानीको समस्या देखाएर राजनीति गर्न चाहेकाहरू नै आफूलाई असफल बनाउन लागि परेको उनको आरोप छ । नियोजित रूपमा खानेपानीको पाइपमा आगो लगाइएको भन्दै उनले दु:खेसो पोखेका छन् ।

उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्,”दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज हर्क साम्पाङ मुर्दावाद”को नारा घन्कियो ! आज पाइप लाइनमा डढेलो समेत लगाइयो ! धन्यवाद उहाँहरुलाई जस्ले घन्टौं मेहेनत गरेर आगो निभाई पाइप बचाउनुभयो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com