‘सहिष्णुता कायम गरौँ, संविधान पालना गरौँ’

‘सहिष्णुता कायम गरौँ, संविधान पालना गरौँ’

काठमाडौँ । आफ्नो अभिव्यक्तिलाई लिएर विरोध हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो भाषण सबै सुन्न आग्रह गरेका छन् । उनले आफ्नो भनाइलाई काटँछाट गरिएको दाबी गरे ।

‘क्रिष्टियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने तपाईँको अभिव्यक्तिलाई लिएर विरोध भइरहेको छ नि ? भन्ने प्रशासन डटकमको प्रश्नमा छोटो प्रतिक्रिया दिँदै मन्त्री किराँतीले भने, ‘मैले सहिष्णुता कायम गरौँ, संविधानले स्वीकारेको कुरा र संविधानलाई पालना गरौँ । कोही अतिवादी नहाैँ र समाजलाई साम्प्रदायिक भड्कावमा नलैजाउ भनेको हुँ ।

पटकपटक इतिहासमा साम्प्रदायिक दङ्गा भड्काउने नेपाली समाजमा कोसिस भएको भन्दै मन्त्री किराँतीले यसलाई नेपाली जनताले अस्वीकार गरेको बताए । ‘क्रिष्टियन मात्र होइन, जुनसुकै धर्मावलम्बी, जातजाति, भाषाभाषिलाई नमान्नु गैर संवैधानिक हो । संविधानले त मानेको छ । गैर संवैधानिक कोही नहाैँ । संविधानलाई नमान्ने देशद्रोही हो नि त,’ उनले भने, ‘सहिष्णुता कायम गरौँ, संविधान पनि पालना गरौँ ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com