प्रधानमन्त्रीलाई भेट्न काँग्रेस शीर्ष नेताहरू बालुवाटारमा

प्रधानमन्त्रीलाई भेट्न काँग्रेस शीर्ष नेताहरू बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू बालुवाटार पुगेका छन्। राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न आइतबार बेलुका नेताहरू प्रधानमन्त्री निवास पुगेका हुन् ।

काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका हुन् ।

एक नेताका अनुसार केहीबेरदेखि प्रधानमन्त्री दाहालसहित माओवादी नेताहरू र काँग्रेस नेताहरुबीच छलफल चलिरहेको छ । भेटमा राष्ट्रपतिको निर्वाचन र भावी राजनीतिक कोर्सका विषयमा सहमतिको प्रयास हुने ती नेताको भनाइ छ ।

त्यसबारे यसअघि नेताहरुबीच एक्ला–एक्लै भेटघाट र छलफल भइसकेको छ । प्रधानमन्त्री दाहालले त्यसबारे पार्टीभित्र छलफल गर्न सोमबार अपराह्न पदाधिकारी बैठक बोलाएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com