नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ : मन्त्री किराती

नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताएका छन्।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिबार नागीडाँडामा शुभारम्भ गर्दै उनले प्याराग्लाइडिङबाट एक रोजगार सिर्जना हुने सम्भावना रहेको बताए।

उनले भन्नुभयो, ‘नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको छ। यसलाई स्थानीय स्वाद, स्वामित्व र स्थानीयपनसहित व्यवसाय सञ्चालन गर्नुपर्छ। पर्यटनको क्षेत्रमा एड्भेन्चर, कल्चर र नेचर तीनवटा विषयको समायोजनबाट मात्रै पर्यटनको क्षेत्रमा थप विकास हुन्छ।’

सो अवसरमा मन्त्री किरातीले पनौतीको ऐतिहासिक र सांस्कृतिक स्थलक्षेत्रको अवलोकन गर्नुका साथै जानकारी लिएका थिए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com