
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०लाई निर्देशन दिनुभएको छ ।
बबरमहलमा रहेको क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै मन्त्री किरातीले हवाई सुरक्षाको क्षेत्रमा प्रगति हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।
हवाई सुरक्षामा सुधार गर्दै परिणाममुखी काम गर्न पर्यटनमन्त्रीले निर्देशन दिनुभएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
पर्यटनमन्त्री किरातीले क्यानको सेवा प्रणालीबारे ब्रिफिङ लिनुभएको थियो ।
क्यान स्थापनादेखि पछिल्ला गतिविधिबारे मन्त्रीलाई क्यानको टोलीले ब्रिफिङ गरेको प्रवक्ता निरौलाले बताउनुभयो ।
पर्यटनमन्त्री किरातीले विदेशी नागरिकलाई नेपालको पहिलो झल्को दिने ऐनाको रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको सेवासुविधा र पूर्वाधारयुक्त बनाउन पनि निर्देशन दिनुभयो ।